समाचार डोटीमा रक्सी विक्री वितरणमा रोक
Ujyaalo

डोटी, मंसिर १२ – मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि डोटीमा रक्सी विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा मंगलबार राजनैतिक दलका नेता, होटेल व्यवसायी, उद्योग बाणिज्य संघ,सुरक्षाकर्मी र पत्रकार सहित बसेको सर्वपक्षिय वैठकले डोटीमा मंसिर १५ गतेदेखी मंसिर २९ गतेसम्म रक्सी विक्री वितरण नगर्ने निर्णय गरेको हो ।
मदिराका कारण आसन्न चुनावमा असर पर्ने देखिएकाले रक्सी विक्री वितरण पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘चुनावको समयमा रक्सी खाएर झै झगडा लगायतका अन्य घटना हुनसक्ने भएकाले हामीले सवैकोे रोहवरमा रक्सी १४ दिनका लागि विक्री वितरण बन्द गर्ने निर्णय गरेका छौ ।’

सर्वपक्षिय गरिएको निर्णयलाई कसैले उल्लंघन गरि रक्सी विक्री वितरण गरेमा वा रक्सी खाएर सार्वजनिक स्थानमा होहल्ला गरेमा तत्कालै पक्राउ गरि कानुनी कारवाहि गरिने समेत निणर्य गरिएको छ ।

 

 

Share It

Post Comments
थप समाचार