समाचार पाल्पामा बढ्यो आचारसंहिता उल्लंघनका घटना
Ujyaalo

देब पचभैया/उज्यालो ।

पाल्पा, मंसिर १३ —पाल्पामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राजनैतिक दलहरुले पार्टीका झण्डा राख्ने गरेका छन् । चुनावी मिति नजिकिँदै जाँदा दलका कार्यकर्ताले पार्टीको प्रचारप्रसारका लागि आचारसंहिता विपरीत बाटोको वारपार, घरका बार्दलीलगायतका ठाउँमा झण्डा राख्ने गरेका हुन् ।

शहरबजारमा भन्दा जिल्लाका ग्रामिण भेगमा बढी मात्रामा झण्डा राखिएका छन् । बाटोभरी झण्डा टाँगेर चुनावी प्रचार गरिरहेका दल र उम्मेदवारले चुनावी सभामा बालबालिकालाई नचाएको समेत गुनासो बढेको छ ।

जिल्लाका ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सँगै साना दलहरु जनमोर्चा, जनमुक्ति, मंगोल नेशलन अर्गनाइजेशनलगायतका पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पार्टीका झण्डा राखेका हुन् ।

एउटै घरमा दुई पार्टीका झण्डा भेटिए

आसन्न दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभाको चुनावी मिति नजिकिँदै जाँदा रैनादेवी छहरा गाउँपालिका तथा माथागढी गाउँपालिका केही ठाउँमा एकै घरमा दुई पार्टीका झण्डासमेत फहराएका देखिन्छन् । प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरण अन्तर्गत पाल्पामा मंसिर २१ गते चुनाव हुनेछ ।

 

Share It

Post Comments
थप समाचार