समाचार वाम गठबन्धन विजयी भए अधिनायकवाद आउँछ – राणा
Ujyaalo

भक्तपुर, मंसिर १४ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रजातन्त्र जोगाउन् लोकतान्त्रिक गठबन्धन खडा भएको बताउनुभएको छ ।

बिहीबार भक्तपुरमा आयोजना भएको लोकतान्त्रिक गठबन्धनको युवा भेलामा बोल्दै उहाँले देशले वाम गठबन्धन सहन नसक्ने भएकाले पनि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताउनुभएको हो ।

अध्यक्ष राणाले भन्नुभयो–‘वाम गठबन्धन विजयी भएमा मुलुकमा एकदलीय अधिनायकवाद आउँछ, वाम गठबन्धनलाई मुलुकले थेग्न पनि सक्दैन, त्यसैले प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन खडा गर्नुपरेको हो ।’

विगतका वर्षमा ९ महिनामा सरकार ढाल्ने प्रवृत्तिको अन्त्यका लागि लोकतान्त्रिक गठबन्धन बनाएको भन्दै उहाँले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

राप्रपा (प्रजातान्त्रिक) ले भक्तपुरमा प्रत्यक्ष उम्मेदवार तर्फ नेपाली कांग्रेसलाई सबै भोट दिने तर त्यसको बदलामा कांग्रेसले समानुपातिकको भोट सबै राप्रपा प्रजातान्त्रिकलाई दिनुपर्ने उहाँले शर्त राख्नुभयो ।

कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य रविन्द्रप्रताप शाह र सुरेन्द्र केसीले लोकतान्त्रिक गठबन्धनले देशव्यापी विजयी हासिल गर्दै सरकार बनाउने बताउनुभयो ।

Share It

Post Comments
थप समाचार