समाचार उदयपुरमा चुनावको तयारी पूरा
Ujyaalo

उदयपुर, मंसिर १९ – बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि उदयपुरमा सम्पूर्ण तयारी सकिएको छ ।

मतदान स्थलमा खटिने कर्मचारी मतदान केन्द्रमा पुगिसकेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काका अनुसार सवै कर्मचारी मतदान केन्द्रमा पुगि मंगलबारदेखि मतदाता परिचयपत्र वितरण, बुथ निमार्ण, निषेधित क्षेत्रको लागि क्षेत्र निर्धारण, तथा स्थानीय दलसँग समन्वय र सहकार्यको काम सुरु भैसकेको छ ।

Share It

Post Comments
थप समाचार