समाचार मित्रवत् प्रतिस्पर्धामा पूर्व राजदूत उपाध्यय र पूर्व डेपुटी कमाण्डर खनाल
Ujyaalo

कपिलवस्तु, मंसिर ६ – कपिलवस्तुको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मैत्रीपूर्ण प्रतिस्पर्धा बढेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेस र वाम गठबन्धनबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसबाट पूर्वराजदूत दीपकुमार उपाध्याय र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका माओवादी पूर्व लडाकु तथा डेपुटी कमाण्डर चक्रपाणि खनालबीच प्रतिस्पर्धा रहेको छ ।

तिव्र प्रतिस्पर्धामा रहेका दुबै उम्मेदवारहरु बीचको सद्भाव भने निकै सकारात्मक रहेको नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले बताउनुभयो । चुनावमा उम्मेदवार बनेका हामी सबै नागरिकको घर दैलोमा पुग्ने हो, नागरिकले जसलाई विश्वास गर्छन् उसैले क्षेत्रको प्रतिनिधित्व गर्ने हो, उम्मेदवार उपाध्यायले भन्नुभयो ‘वाम गठबन्धनका उम्मेदवार चक्रपाणि जी मेरा प्रिय भाई हुन् । यो चुनावमा हामी मित्रवत् प्रतिस्पर्धामा उत्रिएका छौं । प्रचारप्रसार, मतदान र मतगणना परिणाम सार्वजनिक हुँदासम्म हाम्रो क्षेत्रमा कतै राजनीतिक सद्भाव बिग्रदैन ।’

अर्का उम्मेदवार चक्रपाणि खनालले पनि यो चुनावलाई आफूले निकै सहज ढंगबाट लिएको बताउनुभयो । आफ्ना प्रतिस्पर्धी कांग्रेस नेता दीपकुमार उपाध्यायसँग आफ्नो मित्रवत् सम्बन्ध रहेको र आफूहरुको राजनीतिक विचार फरक भए पनि व्यक्तिगत सम्बन्ध भने निकै राम्रो भएको नेता खनालले बताउनुभयो ।

यो चुनावमा आफ्ना सबै कार्यकर्ता र प्रचारकलाई पनि संयमित भई वाम गठबन्धनका एजेण्डाहरुलाई मतदातासम्म पु¥याउन आफूले निर्देशन गरेको बताउनुभयो । चुनावलाई मैत्रीपूर्ण प्रतिस्पर्धामा अघि बढाउन आपूmपूर्ण प्रतिवद्ध रहेको पनि उम्मेदवार खनालले बताउनुभयो ।

यसै गरी सो क्षेत्रकाअन्यप्रतिस्पर्धीहरु नयांशक्तिकाउम्मेदवार दानबहादुर चौधरी, संघीय समाजवादीफोरमकाउम्मेदवार अब्दुल रसिदखां लगायतकाउम्मेदवारहरु पनिमित्रवत् प्रतिस्पर्धात्मक रुपमाप्रचार अभियानलाई अघि बढाएका छन् ।

 

Share It

Post Comments
थप समाचार