समाचार पिसाब गरेको निहुँमा झडप हुँदा १ जना गम्भीर घाइते
Ujyaalo

महोत्तरी, मंसिर २० –महोत्तरीको गौशालामा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा १ जना गम्भीर घाइते भएका छन । मौन अवधि सुरु भैसकेपछि मंगलबार मध्यराति भएको दुईतर्फी झडपमा परी गौशाला नगरपालिका –८ का माओवादी कार्यकर्ता प्रमोदकुमार महतो घाइते हुनुभएको हो ।

महतोको पेट र ढाडमा चोट लागेको र उहाँको जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बुधबार बिहान नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेर घटनाका बोमा जानकारी गराएको छ । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोलगायतका नेता कार्यकर्ता पार्टी कार्यालयमा बसिरहेको समयमा प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मी महतोको नेतृत्वमा आएको टोलीले आफूहरुमाथि आक्रमण गरेको माओवादी केन्द्रले जनाएको छ ।

आफू सवार गाडी अगाडि प्रमोद महतोले पिसाव गरेको र सोही निहुुँमा झडप सुरु भएको लक्ष्मी महतोले बताउनु भएको छ । प्रमोदलाई सम्झाउन खोज्दा उहाँले आफूमाथि छुरा प्रहार गर्दा आफ्ना कार्यकर्ताले प्रतिरोध मात्र गरेको महतोले बताउनुभएको छ ।

महतोले इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । महतोले बुझाएको ज्ञापनपत्रमा घटनाको सम्बन्धमा सत्यतथ्य पता लगाई दोषी उपर कारबाहीको लागि माग गरिएको छ ।

यस सम्बन्धमा महोत्तरीका एपसी कुवेर कडायतले दिएको जानकारी अनुसार गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो र प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार लक्ष्मी महतो पक्षका कार्यकर्ताबीच दुईतर्फी भएको झडपमा परी १ जना घाइते हुनुभएको छ । मौन अवधि लागु भएको १ दिन नवित्दै दुबै पार्टीका कार्यकर्ताबीच मध्यरातिको समयमा गौशालास्थित त्रिभुवन माविको गेट अगाडि झडप भएको हो । अहिले गौशाला बजारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

Share It

Post Comments
थप समाचार