समाचार राजपाले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने
Ujyaalo

काठमाडौं, मंसिर ६ – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राजपाले महोत्तरीको जलेश्वरमा कार्यक्रम गरी आउँदो प्रतिनिधि र प्रदेशसभा चुनावका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।


राजपा अहिले आउँदो २१ गते चुनाव हुने दुई नम्बर प्रदेशमा चुनावी प्रचारप्रसारमा व्यस्त छ ।


राजपाका शीर्ष नेताहरु महन्थ ठाकुर महोत्तरी-३, राजेन्द्र महतो धनुषा-३, शरदसिंह भण्डारी महोत्तरी-२, महेन्द्र राय यादव सर्लाही-२, अनिलकुमार झा रौतहट-१ र राजकिशोर यादव सिराहा-४ बाट प्रतिनीधिसभा सदस्यको चुनाव लड्दै हुनुहुन्छ ।


राजपाको अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा, राजकिशोर यादवको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने राजपाका प्रवक्ता कृष्णा सिंहले जानकारी दिनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार