समाचार मोरङमा ६ जना उम्मेद्वारले आफ्नो क्षेत्रबाट भाेट हाल्न पाउँदैनन्
Ujyaalo

मोरङ, म‌सिर २१- मोरङमा ६ जना उम्मेद्वारले आफ्नो क्षेत्रबाट मतदान गर्न पाउँदैनन् । जसमा मोरङ क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेदवार अमनलाल मोदी क्षेत्र नम्बर ५ मा काँग्रेसका उम्मेदवार अमृत अर्याल बाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलले पनि आफ्ना क्षेत्रबाट भोट हाल्न पाउनुहुन्न ।

कांग्रेसबाट क्षेत्र नम्बर ५ मा उम्मेदवार बन्नेका अर्चालले बिराटनगर १० सन्सारी माईस्थान मतदान केन्द्रबाट मण्डलले सुनवर्सी नगरपालिका ६, गयाधर सामुदायिक विद्यालयबाट मतदान गर्नुभएको हो । यस्तै क्षेत्र नम्बर २ का उम्मेदवार मिनेन्द्र रिजालले पनि आफु उम्मेदवार भएको क्षेत्रबाट मतदान गर्न पाउनुभएको छैन । उहाँले बिराटनगर ३ पुसेट क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

त्यस्तै मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार भानु्भक्त ढकालको मतदाता नामावली तेह्रथुममा रहेको कारण उहाँले आफु उम्मेदवार भएको क्षेत्रबाट मतदान गर्न नपाउनुहुने भएको हो । त्यस्तै मोरङ क्षेत्र नम्बर ६ ९ख० का उम्मेदवर केदार कार्की पनि आफैलाई मतदान गर्न पाउनु भएको छैन । उहाँले क्षेत्र ६ ९क० को नरग्राम माबि मतदान केन्द्रबाट मतदान गर्नु भएको हो भने उहाँ उम्मेदार भएको क्षेत्र ६ ख बाट हुनु भएको छ ।

 

 

Share It

Post Comments
थप समाचार