समाचार मत दिएपछि मतदाताले भने, नेताले बाँडेका आश्वासन पूरा गरुन्
Ujyaalo

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, मंसिर २१ – प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा लामो लाइनमा बसेर मतदान गरेका मतदाताले आफ्नो मतको दुरुपयोग कुनै पनि उम्मेदवारले नगरुन भन्ने चाहेका छन् ।

उम्मेदवारले चुनाव अघि दिएका आश्वास पूरा गरुन भन्ने चाहना समेत उनीहरुले व्यक्त गरेका छन् । नवलपरासीको कावासोतीस्थित शिवामावि मतदान केन्द्रमा मतदान गर्न पुगेकी सिता खनालले नेताले बोलेका कुरा पूरा गरुन भन्ने आफूले चाहेको बताउनुभयो । ‘उम्मेदवारले भोट माग्ने बेलामा बाटो बनाउँछु, शिक्षा, स्वास्थ्यको क्षेत्रमा नवलपुरलाई अब्बल बनाउनछु भनेका छन, नेताले नागरिकलाई दिएका आश्वासन पूरा गरे हुन्छ, खनालले भन्नुभयो, अनि बल्ल हाम्रो भोटको कदर हुन्छ ।

त्यही मतदान केन्द्रमा मतदानका लागि पुगेकी निर्मला खनालको भनाई पनि उस्तै छ । जोसुकै उम्मेदवारले जितेपनि कुनै पनि पार्टीगत कुरा नहेरी आफ्नो क्षेत्रको विकासमा उम्मेदवारले पहल गरुन भन्ने उहाँको चाहाना रहेको छ । चुनवा हो, सबैले जित्दैनन, एउटाले जिल्छ जस्ले जित पनि सबैलाई बरावरी देखुन, बोलेका कुरा पूरा गरुन, विकास गरुन’ सिग्देलले भन्नुभयो –हाम्रो चाहना यही हो ।

नवलपरासीको नवलपुरमा उत्साहजनक रुपमा मतदान चलिरहेको छ । नवलपुर क्षेत्रका १ सय १२ वटा मतदान केन्द्रका २ सय ५८ वटै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको नवलपुरका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार