समाचार वम विस्फोटमा घाइते उम्मेदवार कार्की अस्पतालमै
Ujyaalo

उदयपुर, मंसिर २१– चुनाव प्रचारका क्रममा एम्वुसमा परेर घाइते भएका उदयपुर क्षेत्र नम्बर २ का उम्मेदवार नारायणबहादुर कार्की अझै अस्पतालमै हुनुहुन्छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कार्कीको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ । निको हुन अझै एक महिना जति लाग्ने अस्पतालले बताएको छ । घाइते भएकाले उहाँ आफूलाई भोट हाल्न जान समेत सक्नुभएन ।

Share It

Post Comments
थप समाचार