समाचार दाङमा दिन ढल्दै जाँदा मतदाताको भिड बढ्यो, अहिलेसम्म ६० प्रतिशत मत खसेको अनुमान
Ujyaalo

दाङ, मंसिर २१– दाङमा दिन ढल्दै जाँदा मतदाताको घुईंचो भने बढ्दै छ । बिहान १० बजेसम्म थोरै मात्रा मतदाताहरु मतदान स्थलमा आएका थिए तर दिउँसो हुँदै गएपछि मतदाताको संख्या बढ्दै गएको हो ।

दाङको सदरमुकाम घोराहीस्थित सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा रहेको मतदान केन्द्रमा दिउँसो ४ बजे पनि २ सय मिटरसम्म महिला मतदाताको लाइन छ । यसैबिच जिल्ला निर्वाचन अधिकारी बिजय कार्कीले ४ बजेसम्म दाङमा ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान गरिएको बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार