समाचार घाम लागेपछि इलाम पारिलो, मतदातालाई सजिलो
Ujyaalo

इलाम, मंसिर २१ – घाम लागेसंगै इलाममा मतदाताको लाम बढ्न थालेको छ । चिसोका कारण विहान थोरै मात्र मतदाता पुगेकोमा घाम लागेर पारिलो भएसंगै मतदाताको लाइन पनि बढ्न थालेको हो ।

इलामको एक सय ४४ वटा मतदान केन्द्रका दुई सय ६६ स्थानमै उत्साहका साथ मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले सबै केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

धेरैजसो मतदान केन्द्रमा सडक पुगेको र सडक नपुगेका केहि केन्द्रमा हिडेर केही घण्टामै पुग्न सकिने भएकाले बिहिबार नै मतपेटिका सदरमुकाममा ल्याउन सकिने पनि उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार