समाचार ११ बजेसम्ममा इलाममा ९ प्रतिशत मत खस्यो
Ujyaalo

इलाम, मंसिर २१– इलाममा विहान ११ बजेसम्म ९ प्रतिशत मत खसेको छ । जिल्लाका सबैजसो मतादान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको र ११ बजेसम्म ९ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेम कुमार काफ्लेले बताउनुभयो ।

तीन वटा मतपत्रमा चार भोट हाल्नु पर्ने भएकाले स्थानीय तहको चुनावमा भन्दा बढी समय लागेकोे छ । जिल्लाका दुई सय ६६ मतदान केन्द्रमा नै शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ । विहान केही चिसोका कारण मतदाताको उपस्थिती न्युन रहेपनि अहिले भने सबै मतदान केन्द्रमा मतदाता आउने क्रम बढेको छ ।

स्थानीय तहको निर्वाचनमा इलाममा ७३ प्रतिशत मत खसेको थियो ।

Share It

Post Comments
थप समाचार