समाचार अब संविधान कार्यन्वयन भयो : पूर्वसभामुख नेम्वाङ्ग
Ujyaalo

इलाम, मंसिर २१ – मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख शुवाशचन्द्र नेम्वाङ्गले निर्वाचनसँगै अब देशमा संविधान कार्यन्वयन भएको बताउनुभयो ।

इलाम नगरपालिका ७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदान गरेपछि नेम्वाङ्गले भन्नुभयो, ‘आजदेखि संविधान कार्यन्वयन भएको छ । यो चुनाव फलदायी भएको छ ।’

यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट विहान ८ बजे मतदान गर्नु भएको छ । मत हालिसकेपछि थापाले यो निर्वाचनले लोकतन्त्रलाई सस्थागत गर्न सहयोग पुगेको बताउनुभयो ।

यो चुनावमा लोकतन्त्रको जित भएको छ । नेम्वाङ्ग र थापाले आफ्नै ठाउँबाट मतदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार