समाचार काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठद्वारा मतदान
Ujyaalo

काठमाडौं, मंसिर २१ – काठमाडौं महानगरपालिकाका पहिलो मेयर जनकमान श्रेष्ठले मतदान गर्नुभएको छ ।

९० वर्षीय श्रेष्ठ अस्वस्थ भई टेकुस्थित निवासमा आराम गरिरहनु भएको थियो । उहाँलाई मतदान केन्द्र कामनपा वडा नम्बर २१ लगन टोलको तःबहालमा वर्तमान मेयर विद्यासुन्दर शाक्यले मतदान गर्न सहयोग गर्नुभएको हो ।

पहिलो मेयरका साथै सर्वोच्च अदालतका न्यायाधीशका रुपमा समेत ख्याती कमाउनुभएका श्रेष्ठ शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका समेत सञ्चालक रहनु भएको छ ।

Share It

Post Comments
थप समाचार