समाचार बमका कारण बिहान मतदान केन्द्र खाली, अहिले घुईंचो
Ujyaalo

ललितपुर, मंसिर २१ - सुतली बमका कारण बिहान साढे ९ बजेसम्म मतदाता नपुगेको ललितपुरको प्याङगाउँ मतदान केन्द्रमा अहिले मतदाताको भिड लागेको छ । ललितपुर क्षेत्र नम्बर १ को प्याङगाउँ मतदान केन्द्रमा बिहान २ वटा बम जस्ता बस्तु देखिएपछि कुनै पनि मतदाता मत हाल्ने ठाउँसम्म पुगेका थिएनन् ।

तर बिहान ९ बजेर २० मिनेटमा एउटा सुतली बम नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो । अर्को वस्तु भने तर्साउनको लागि मात्रै राखिएको सेनाले जनाएको छ ।

बमका कारण बिहान साढे ९ बजेसम्म मतदान केन्द्रसम्म नपुगेका मतदाता अहिले भने एकैचोटी मतदानस्थलमा पुग्दा भिड लागेको छ । अहिले प्याङगाउँ मतदान केन्द्रमा ५/६ सय जना मतदाताको भिड लागेको छ । प्याङगाउँ मतदान केन्द्रमा १९ सय ४ जना मतदाता रहेका छन् ।

Share It

Post Comments
थप समाचार