समाचार बाँकेमा मुस्लिम महिलाको मतदानमा उल्लेख्य सहभागिता
Ujyaalo

बाँके, मंसिर २१ –बिहीबार चुनाव भएका अन्य ४४ जिल्लामा जस्तै बाँकमो पनि उत्साहजनकरुपमा मतदान भैरहेको छ । बाँकेमा भैरहेको मतदानमा मुस्लिम महिलाको पनि उत्तिकै सहभागिता रहेको छ ।
केही वर्षअघिसम्म सार्वजनिक ठाउँमा बोल्न र आफ्ना कुरा राख्न हिच्किचाउने बाँकेका मुस्लिम महिला यो चुनावमा भने लाइनमा बसेर उत्साहका साथ मतदान गर्दैछन् ।

यसपटकको आफूहरुको भोटले नेपालगञ्ज मात्र नभइ देशलाई नै विकास र सम्वृद्धितर्फ लैजाने भएकाले आफूहरुले उत्साहका साथ भोट हालेको बाँकेका मुस्लिम महिलाले बताएका छन् ।

बाँकेमा कुल दुई लाख ७६ हजार ७ सय १८ मतदाता रहेका छन् । मतदान कार्य बेलुका ५ बजेसम्म चल्नेछ । मतदान कार्य सम्पन्न भएपछि बेलुकादेखि नै मतपेटिका गणनास्थल सदरमुकाम नेपालगन्जमा ल्याइनेछ ।

बाँकेको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा वाम र लोकतान्त्रिक गठबन्धन तथा क्षेत्र नम्बर २ मा वाम, लोकतान्त्रिक र संघीय समाजवादी फोरमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

 

 

 

 

Share It

Post Comments
थप समाचार