समाचार नुवाकोटको ढिकुरे निषेधित क्षेत्र, चुनावी सभा गर्न नपाइने
Ujyaalo

नुवाकोट, मंसिर ७ – दुई पक्षको चुनावी सभा एकैस्थानमा हुने भएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ ढिकुरे बजारलाई बिहीबार सभा जुलुस गर्न प्रतिबन्ध लगाएको छ ।

ढिकुरेमा लोकतान्त्रिक र वाम गठबन्धनको केन्द्रीय नेतासहितको चुनावी सभा केही सय मिटरको फरकमा गर्ने कार्यक्रम तय भएपछि संभावित घटना हुन सक्ने भन्दै प्रशासनले निशेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्वमा चौघडा, पश्चिममा वर्राफेदी डाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघडा चारकिल्ला भित्र पर्ने ढिकुरे बजारमा मंसिर ७ गते कुनै पनि सभा, जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

वाम गठबन्धन र नेपाली कांग्रेसले एकैदिन सभा गर्न लागेको कारण संभावित दुर्घटना हुन नदिन सभा गर्न प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापा र क्षेत्र नं. १ का उमेदवार डाक्टर रामशरण महतसहितका नेताहरु र वाम गठबन्धनको कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताले संबोधन गर्ने कार्यक्रम रहेको थियो ।

 

Share It

Post Comments
थप समाचार