समाचार सिन्धुलीमा दुई ठाउँको मतपेटिका संकलन गर्न बाँकी
Ujyaalo

सिन्धुली, मंसिर २२ – सिन्धुलीको दुई गाउँपालिकाका बाहेक सबै स्थानको मतपेटीका सदरमुकाम सिन्धुलीमाडी ल्याईएको छ ।

सिन्धुलीको १३७ मतदान स्थलमध्ये ११९ स्थानको मतपेटिका बिहीबार राती अबरेसम्म संकलन गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

बाँकी रहेका हरिहरपुरगढी र मरिण गाउँपालिकाको मतपेटीका सुरक्षाका कारण राती ल्याउन नसकिएको दाहालले बताउनुभयो । यी ठाउँको मतपेटिका शुक्रबार बिहान १० बजेसम्म ल्याइसक्ने उहाँले बताउनुभयो । त्यसपछि सर्वदलिय बैठक राखेर मतगणना सुरु गरिने छ ।

Share It

Post Comments
थप समाचार