समाचार विमलेन्द्र निधि र राजेन्द्र महतोको क्षेत्रको मतगणना तारजाली भित्र सुरु
Ujyaalo

जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा मतगणना सुरु भएको हो । मतगणनाका लागि प्रतिष्ठानमा सुरक्षा व्यवस्था निक्कै कडा पारिएको छ ।

मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ । मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।

धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रलाई निक्कै महत्वका साथ हेरिएको छ । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट रामसिंह यादव उम्मेदवार हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार