समाचार बागलुङ जिल्लाको सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
Ujyaalo

बाग्लुङ, मंसिर २२– बागलुङ जिल्लाका सबै क्षेत्र र प्रदेशमा वाम गठबन्धनले अग्रता लिएको छ । बिहीबार रातीदेखि सुरु गरिएको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको बागलुङमा सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता छ ।

प्राप्त मत परिणाम अनुसार बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार सुर्य पाठकले ११ हजार ९ सय ९० मत प्राप्त गर्नुभएको छ । पाठकका प्रतिस्पर्धी नेपाली कांग्रेसका चम्पादेवी खड्काले ८ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ ।

बाग्लुङको प्रदेशसभा (क) मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका इन्द्रलाल सापकोटाले ५ हजार १२ मत प्राप्त गर्नुभएको छ । सापकोटाका प्रतिस्पर्धी कांग्रेसका दिपेन्द्र थापाले ३ हजार ८ सय ६१ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले ४ हजार ७ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका प्रकाश शर्मा पौडेलले ३ हजार ३ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले १० हजार १ मत प्राप्त गरेका गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका निरज पुनले ७ हजार ४ सय ६४ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार चन्द्रबहादुर बुढाले ५ हजार ४ सय ४ मत प्राप्त गर्नुभएको छ । उहाँका नेपाली कांग्रेसका उम्मेदवार मञ्जेशबम मल्लले ५ हजार १० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार रहेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तिले ६ हजार ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जित शेरचनले ४ हजार ६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताउनुभयो । उहाँका अनुसार शनीबार मध्यान्हसम्ममा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक गर्ने तयारी भैरहेको छ ।

हालसम्म गलकोट नगरपालिका १–६, जैमिनी १–५, काठेखोला १–४, ढोरपाटन नगरपालिका १–७ को गणना सकिएको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको मतगणना गर्न बाँकी रहेको छ ।

Share It

Post Comments
थप समाचार