समाचार सोलुखुम्बुमा वाम गठबन्धनका राइको अग्रता ४ हजार नाघ्यो
Ujyaalo

सोलुुखुम्बु, मंसिर २२ – सोलुखुम्बुको प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार हेमकुमार राईले काँग्रेस उम्मेदवार बलबहादुर केसीबिचको अग्रता ४ हजार नाघेको छ । पछिल्लो मतपरिणाम अनुसार राईले ९ हजार १ सय ७२ र केसीले ४ हजार ९ सय २५ मत पाउनुभएको छ ।

नयाँ शक्तिका सुनिल खड्काले ६ सय ४९ मत पाउनुभएको छ । यस्तै, प्रदेशसभातर्फ क मा वाम गठबन्धनका उत्तम बस्नेतले ४ हजार १ सय ६६ र काँग्रेसका प्रकाशसिंह कार्कीले २ हजार ७ सय ३१ मत पाउनुभएको छ ।

प्रदेशसभाको ख मा वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले ४ हजार ८ सय ५६ र काँग्रेसका आङ गेलु शेर्पाले ३ हजार ६ सय ६४ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ १६ हजार ८ सय ५० मत गणना भएको छ ।

Share It

Post Comments
थप समाचार