समाचार रुपन्देहीका ५ वटै क्षेत्रमा मतगणना सुरु
Ujyaalo

भवानीप्रसाद पाण्डे/रुपन्देही
रुपन्देहीमा मतपेटिका खोल्न सुरु भएको छ । क्षेत्र १, २ र ३ को भैहरवा बहुमुखी क्याम्पस र क्षेत्र नं ३ र ४ को शैक्षिक तालिम केन्द्र बसडिलहवामा मतगणना सुरु भएको हो । बिहान ९ बजेबाट मतगणना सुरु गर्ने सर्बदलीय बैठकको निर्णय भएपनि स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरु उपस्थित नभएका कारण मतगणना ढिलाई भएको जिल्ला निर्बाचन कार्यालय रुपन्देहीले जनाएको छ । अहिले मतपेटिकाहरु खोलिदै छ । मतगणनास्थलमा तार जाली त लगाइएको छैन तर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । ५ लाख २२ हजार मतदाता रहेको रुपन्देहीमा ७० प्रतिशत भन्दा धेरै मतदान भएको थियो । रुपन्देही क्षेत्र नं १ मा बामगठबन्धनका छबिलाल बिश्वकर्मा र लोकतान्त्रीक गठबन्धनका अव्दुल रज्जाक , २ मा बामगठबन्धनका बिष्णु पौडेल र लोकतान्त्रीक गठबन्धनका युवराज गिरी, ३ मा बाम गठबन्धनका घनश्याम भुसाल र लोकतान्त्रीक गठबन्धनका दिपक बोहोरा, ४ मा राजपाका सर्बेन्द्रनाथ सुक्ला र नेपाली कांग्रेसका प्रमोद कुमार यादब तथा क्षेत्र नं ५ मा बामगठन्धनका डिलाराम आचार्य र लोकतान्त्रीक गठबन्धनका भरत साहका बिचमा प्रतिष्पर्धा हुँदैछ ।

 

Share It

Post Comments
थप समाचार