समाचार सोलुखुम्बुमा वामगठबन्धनको अग्रता कायमै
Ujyaalo

सोलुखुम्बु, मंसिर २२ – सोलुखुम्बुमा वाम गठबन्धन ३ हजार मतले अगाडि छ । ताजा मत परिणाम अनुसार वामगठबन्धनका उम्मेदवार हेमकुमार राईको १० हजार ४ सय ६ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसका उम्मेदवार बलबहादुर केसीले ७ हजार ४९ मतसहित पछ्याइरहनु भएको छ ।


यस्तै प्रदेशसभातर्फ पनि वामगठबन्धन नै अगाडि छ । प्रदेश सभा क मा वा गठबन्धनका उत्तम बस्नेतले ५ हजार ३ सय ८१ मत ल्याउनु भएको छ । कांग्रेसका प्रतिस्पर्धी प्रकाश सिंह कार्कीले ३ हजार ३ सय ७६ मत पाउनु भएको छ । यस्तै प्रदेश सभाको ख मा वाम गठबन्धनका बुद्विकुमार रा.भ.ले ५ हजार १ सय १० मत ल्याउनु भएको छ । उहाँ पहिलो स्थानमा हुनुहुन्छ । कांग्रेसका आङ गेलु शर्माले ४ हजार ७४ मत पाउनु भएको छ ।

 

Share It

Post Comments
थप समाचार