समाचार सहायक निर्वाचन अधिकृत कुटिए
Ujyaalo


बाजुरा, मंसिर ७ – बाजुराको बुढीनन्दा नगरपालिका–५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक निर्वाचन अधिकृत विन्देश्वर प्रसाद यादव बुधबार बीच बाटोमै कुटिएका छन् ।

घाइतेको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यादवको डाढ, खुट्टा र पिठिउँमा चोट लागेको छ ।

सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा रहेको उक्त मतदान केन्द्रमा जाँदै गर्दा पोरखे लेकमा यादव माथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीको पहिचान भने हुन सकेको छैन् । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरीक्षक हरि ओलीले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार