समाचार तारजालीभित्र यसरी गरिँदैछ धनुषामा मतगणना (फोटो फिचर)
Ujyaalo

धनुषा, मंसिर २२ –नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा रहेको धनुषा क्षेत्र नम्बर दुईमा मतगणना भइरहेको छ ।

दुई नेताबिचको प्रतिस्पर्धाका कारण चर्चामा रहेको यो क्षेत्रको मतगणनाका क्रममा अपनाइएको सुरक्षा व्यवस्था पनि चर्चामै छ । जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा मतगणना स्थललाई ताराजालीले घेरिएको छ ।

मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।

धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रलाई निक्कै महत्वका साथ हेरिएको छ ।

यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट रामसिंह यादव उम्मेदवार हुनुहुन्छ । धनुषामा ४ लाख ४ हजार ६ सय ७४ मतदाता रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार