समाचार सिरहा ३ मा बाम गठबन्धनको अग्रता
Ujyaalo

सिरहा, मंसिर २२ – सिरहाको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धनले अग्रता लिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर ३ मा एमालेका लिलानाथ श्रेष्ठले ८ सय १९ र संघीय समाजवादी फोरम, नेपालका रीता देवीले ४ सय ६३ मत ल्याउनुभएको छ ।

प्रदेशसभा अन्तर्गत ३ क मा माओवादी केन्द्रका रामकुमार यादव ४ सय ९८ र संघीय समाजवादी मनोजकुमार सिंह १ सय ६७ मत ल्याउनुभएको छ ।

गणना सुरु भएको दुई घण्टा पनि नबित्दै खसेको भन्दा एक सय मत बढी भएको विषयमा विवाद भएपछि रोकिएको मतगणना भर्खरै सुरु भएको हो । विवरण लेख्ने बेलामा गल्ती भएको र त्यसलाई सच्याउने सहमतिपछि मतगणना सुरु भएको हो ।

 

Share It

Post Comments
थप समाचार