समाचार राजमार्ग छेउमा राखिएको प्रेसरकुकर बम निस्कृय
Ujyaalo

धादिङ, मंसिर ७ – पृथ्वीराजमार्ग छेउमा पर्ने दक्षिणी धादिङको थाक्रे गाउँपालिका–१ सिम्ले नजिकै विप्लव नेतृत्वको नेकपाले सडक छेउमा राखेको प्रेसरकुकर बम बिहीबार नेपाली सेनाले निस्कृय पारेको छ ।

सडक छेउमा झोलाभित्र राखिएको प्रेसरकुकर बमलाई नेपाली सेनाको डिस्पोज गरेको प्रहरी उपरीक्षक ध्रुब राउतले जानकारी दिनुभयो ।

बम बिहान राखिएको खबर आएपछि नेपाली सेनाको बम डिस्पोज टोलीले निस्कृय पारेको थियो । राजमार्ग क्षेत्रमा यो समेत तीन स्थानमा बम राखेर जनजीवन त्रसिद बनाएको छ ।

 

Share It

Post Comments
थप समाचार