समाचार ताजा मतगणनामा वाम अग्रता : एमाले र माओवादी सुपर ग्लुले जोडिए
Ujyaalo


काठमाडौं, मंसिर २२ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको नतिजा हेर्दा लाग्छ, यो पालि मतदाताले एमालेलाई बिना ब्रेकको यात्रामा अगाडि बढ्न औसर दिएका छन् ।

हिमाली जिल्ला मुस्ताङ र मनाङबाट उदाएको सूर्यको किरणले देशका सबै ठाउँमा रहेका एमाले नेता कार्यकर्तालाई उत्साहित बनाएको छ ।मतगणना भैरहेका ठाउँमध्ये रसुवाबाहेक प्रायः अरु सबै निर्वाचन क्षेत्रमा एमाले र माओवादीका उम्मेदवार अगाडि छन् । एमालेका उम्मेद्जार भएका सबै ठाउँमा एमालेका उम्मेवार निरन्तरको अग्रता कायम राखेर अघि बदैछन् ।

काठमाडौंमा माधवकुमार नेपाल, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ मात्रै होइन कांग्रेसका चर्चित नेता गगनकुमार थापासँग प्रतिष्पर्धा गरेका राजन भट्टराईसमेत प्रारम्भिक मतगणनामा अगाडि लाग्नुभएको छ ।

मोरङमा लालबाबु पण्डितले कांग्रेसका शेखर कोइरालालाई पछि पार्नुभएको छ । नुवाकोटमा अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई एमाले र माओवादीका उम्मेदवारले पछि पारेका छन् ।

सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई एमाले उम्मेदवार शेरबहादुर तामाङले आच्छु आच्छु पार्नुभएको छ ।
सोलुखुम्बुमा सधैं जित्दै आएका कांग्रेसका बलबहादुर केसीलाई वाम गठबन्धनका हेमकुमार राईले टक्कर दिनुभएको छ । ओखलढुंगामा कांग्रेसका युवा नेता रामहरि खतिवडालाई एमालेका यज्ञराज सुनुवारले सुरुदेखि नै पछाडि पार्नुभएको छ ।

मुख्य मन्त्रीको चर्चामा रहेका शेरधन राई, राजेन्द्रप्रसाद पाण्डे, शंकर पोखरेल लगायतका एमाले हस्तीहरु प्रतिद्वन्द्वीभन्दा फराकिलो मतले अगाडि लागेका छन् । गोरखामा नारायणकाजी श्रेष्ठबाहेक प्रायः अरु ठाउँमा माओवादीका उम्मेदवार अघि छन् ।

देशलाई समृद्धिको यात्रातिर अघि बढाउने संकल्पका साथ अंकमाल गरेर अघि बढेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमात्र होईन, यो चुनावको नतिजाले एमाले र माओवादी केन्द्रका तल्लो तहका कार्यकर्तालाई समेत फेविकोलले जोडेको प्रष्टै देखिन थालेको छ ।

Share It

Post Comments
थप समाचार