गोरखा, मंसिर २२ – गोरखामा मुख्य निर्वाचन अधिकृत फेरिएका छन् ।
मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेललाई मातृशोक परेपछि उहाँको सट्टामा रितेन्द्र थापा मुख्य निर्वाचन अधिकृतका रुपमा कार्यभार सम्हाल्न जिल्ला आइपुग्नुभएको छ । बिहीबार बेलुकी मतगणना सुरु भएको केही समयमा नै ९५ वर्षिया आमा हिमादेवी पौडेलको निधन भएको खबर पाए पनि पौडेल शुक्रबार बिहानसम्म मतगणनास्थलमा नै हुनुहुन्थ्यो ।
जगेडामा राखिएका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापालाई जिल्लाको अवस्था लगायत कुरा बुझ्न समय लाग्दा गणनामा प्रभाव पर्यो । अन्तिम संस्कार र काजकिरियाका लागि पौडेल घर जानुपर्ने भएकाले मुख्य निर्वाचत अधिकृत परिवर्तन गरिएको हो ।
Share It
Post Comments
थप समाचार