समाचार सप्तरीमा मतगणना सुरु
Ujyaalo

सप्तरी, मंसिर २२ – सप्तरीमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गत ४ र प्रदेशसभा अन्तर्गत ८ वटा क्षेत्र रहेको सप्तरीका सबै क्षेत्रको गणना सुरु भएको हो ।

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा क्षेत्र नम्बर दुईबाट गणना सुरु भएको हो । ३ लाख ४६ हजार २ सय मतदाता रहेको सप्तरीमा हिजो भएको चुनावमा ६० प्रतिशत मतदान भएको थियो । १ सय ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमका उपेन्द्र यादव र नेकपा माओवादी केन्द्रका उमेश यादव तथा स्वतन्त्र उम्मेद्वार जयप्रकाश ठाकुर प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

Share It

Post Comments
थप समाचार