समाचार योगेशको ५ हजारभन्दा बढीको अग्रता
Ujyaalo

ताप्लेजुङ, मंसिर २२ गते – ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा रहेका एमाले सचिव योगेश भट्टराईले ५ हजारभन्दा धेरैको अग्रता लिनुभएको छ । पछिल्लो विवरण अनुसार भट्टराईले १४ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

शुरुदेखि नै उहाँलाई पछ्याइरहेका कांग्रेसका केशबप्रसाद दाहालले नौ हजार २ सय २९ मत प्राप्त गर्नुभएको छ । भट्टराई र दाहालको मतान्तर पाँच हजार ३ सय ५३ हो ।


प्रदेशसभातर्फ क क्षेत्रमा वाम गठबन्धनका बलबहादुर साम्सोहाङले ७ हजार ७ सय ४६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी लीलादेवी बोखिमले पाँच हजार ६ सय ५९ मत प्राप्त गर्नुभएको छ ।


प्रदेशसभा ख मा वाम गठबन्धनका टंक आङ्बुहाङले ६ हजार ४ सय २८ र कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङले ४ हजार २ सय ६८ मत प्राप्त गर्नुभएको छ । ताप्लेजुङमा ५१ हजार ७ सय ४३ मत खसेको छ । प्रदेशसभामा क्षेत्र क मा २९ हजार १६ र ख मा २२ हजार ७ सय २७ मत खसेको छ ।

Share It

Post Comments
थप समाचार