समाचार बझाङका ५५ मतदान स्थल अतिसंवेदनशील  
Ujyaalo

बझाङ, मंसिर ७ – बझाङका ५५ वटा मतदान स्थल अतिसंवेदनशील छन् । ३५ वटा मतदान स्थललाई संवेदनशील र ३५ वटालाई सामान्यमा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिनुभयो ।

बझाङका १ सय २५ मतदान स्थल र १ सय ६० मतदान केन्द्र रहेका छन । प्रति मतदान केन्द्रमा औसतमा ८ जना कर्मचारी खटाइएको छ । जिल्लाभर १ हजार २ सय ७० जना मतदान कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत बसन्तराज जोशिले जानकारी दिनुभयो ।

यस्तै चुनावी सुरक्षाको लागि सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रको सुरक्षाको लागि ८ सय ३९ जना नेपाल प्रहरी, २ सय ९० जना ससस्त्र प्रहरी, १ हजार ४० जना म्यादी प्रहरी खटाई सकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्लाकै सबै भन्दा दुर्गम काँडा गाउँपालिकामा समेत निर्वाचनका सबै सामाग्रीहरु र कर्मचारी विहाबार पुगी सकेको प्रहरीको भनाइ छ ।

Share It

Post Comments
थप समाचार