समाचार बेगमसिंको भन्दा चार गुणा बढी मत ल्याएर जिते, एमालेका बुढा
Ujyaalo

डोल्पा, मंसिर २२ – वाम गठबन्धनबाट प्रदेश सभा ‘क’ का उम्मेदवार एमालेका नन्दसिंह बुढा, नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले भन्दा चार गुणा बढी मत ल्याएर विजयी हुनुभएको छ । काँग्रेसका ठकुरीले १ हजार २१३ मत ल्याउँदा उहाँले ५ हजार ४९० मत ल्याएर विजयी हुनुभयो ।

प्रदेश सभा ‘क’ मा ८ हजार २४३ मत मध्ये ६ हजार ७८६ मत खसेको थियो । ती मध्ये ६ हजार ७०३ मत सदर भएको र ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार