समाचार दाङमा अघि लागे वाम, महरा र शंकर पोख्रेलको जोडी जम्यो
Ujyaalo

दाङ, मंसिर २२ –प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत दाङको प्रारम्भिक मत परिणाम आउन थालेको छ । बिहान ९ बजेदेखि घोराहीस्थित पद्मोदय पब्लिक माविको भवन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको हो ।
२ हजार ९ सय ३६ मत गणना गरिसक्दा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले ५ सय ९ मतले अग्रता लिनुभएको छ । महराले १ हजार ५ सय ८२ कांग्रेसका राजु खनालले १ हजार ७३ मत ल्याउनुभएको छ ।
त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नंबर २ क का वाम गठबन्धनका उम्मेदवार एमाले नेता शंकर पोख्रेलले १ हजार ६ सय ९६ मत ल्याउनुभएको छ भने कांग्रेसका कमलकिशोर घिमिरेले ९ सय ९३ मत ल्याउनुभएको छ । त्यसैगरी क्षेत्र नंबर २ ख का वाम गठबन्धनका उम्मेदवार एमाले नेता अमरबहादुर डाँगीले १ हजार ६ सय ९० मत ल्याउनुभएको छ भने कांग्रेसका भरतबहादुर न्यौपानेले ९ सय ५८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । चुनावी प्रचारका क्रममा सँगै कम्मर भाँच्दै घरदैलो घरेका कृष्ण बहादुर महरा र शंकर पोख्रेल निकै घनिष्ट साथी भएका थिए ।

 

Share It

Post Comments
थप समाचार