समाचार जस्तोसुकै अवस्थामा नेतृत्व लिन सक्ने पार्टी काग्रेस : देउवा
Ujyaalo

आदर्श केसी/उज्यालो ।

मंसिर ७ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कठिन परिवेशको सामाना गरेर भएपनि सरकारले चुनाव शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने बताउनु भएको छ । मतदातालाई ढुक्कसाथ मतदान गर्न आह्वान गदै सरकारले कुनै पनि खालका चुनाव विथोल्ने गतिविधी हुन नदिने बताउनुभयो ।

नेपाली कांग्रेस पश्चिम रुकुमले आयोजना गरेको चुनावी सभालाई बिहिबार सम्बोधन गदै देउवाले भन्नुभयो ‘राष्ट्रलाई जस्तो सुकै अवस्थामा पनि सम्हाल्न र नेतृत्व दिन सक्ने एक मात्र शक्ति नेपाली कांग्रेस हो भन्ने कुरा जनताले बुझेका छन् ।’ द्धन्द्धको समयमा रुकुमले धेरै दुख पाएको बताउँदै उहाँले शान्ति प्रकृया पछि रुकुमले लिएको विकासको गतिमा आफनो पनि सहभागिता रहेको स्मरण गराउनुभयो । रुकम विकासका कामबाट पूर्ण भएपछि मात्र रुकुमका नागरिकले शान्तिको आभाष गर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस नै देशको सच्चा प्रजातान्त्रिक पार्टी भएकाले विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । कालिकोटको चुनावी सभालाई सम्बोधन गरेर रुकुम पुग्नुभएका देउवाले कांग्रसले गरेका राम्रा कामलाई पनि नराम्रो भन्दै हिडनेको भविष्य लामो नभएको बताउनुभयो ।

Share It

Post Comments
थप समाचार