समाचार बझाङको प्रतिनिधि र प्रदेश सभा दुवै वामगठबन्धनको पोल्टामा
Ujyaalo

डीबी विष्ट÷उज्यालो
बझाङ, मंसिर २२ – बझाङको प्रतिनिधिसभा र प्रदेशसभाको दुवै नतिजा वामगठबन्धनको पक्षमा परेको छ । प्रतिनिधिसभामा नेकपा एमालेका भैरब बहादुर सिंह ३४ हजार ६ सय १२ मत ल्याएर विजयी हुनुभयो ।

यस्तै प्रदेशसभा ‘क’ बाट नेकपा एमालेका अर्जुन थापा १७ हजार ८ सय ६८ मत ल्याएर विजयी हुनुभयो भने गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत ल्याएर प्रदेशसभा ‘ख’ जित्नुभयो ।

प्रतिनिधि सभामा भैरब बहादुर सिंहका प्रतिस्पर्धी नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याउनुभयो ।

यसैगरी प्रदेशसभा क मा नेपाली काँग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाउनुभयो । उहाँ जस्तै प्रदेश सभा ‘ख’बाट नेपाली काँग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याउनुभयो ।

 

Share It

Post Comments
थप समाचार