समाचार विमलेन्द्र निधिभन्दा राजेन्द्र महतो १ हजार ७३ मतले अघि
Ujyaalo

जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वार राजेन्द्र महतोले मतअन्तर बढाउनु भएको छ । राजेन्द्र महतो १ हजार ७३ मतले अघि हुनुहुन्छ ।

जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनामा राजपाका उम्मेदवार राजेन्द्र महतोले ३ हजार ३ सय १५ मत ल्याउनु भएको छ । निधिले भने २ हजार २ सय ४२ मत ल्याउनु भएको छ ।

मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ । मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।

Share It

Post Comments
थप समाचार