समाचार प्रारम्भिक नतिजामा आरजु तेस्रो स्थानमा
Ujyaalo

कैलाली, मंसिर २२ – कैलाली क्षेत्र नं. ५ मा प्रधानमन्त्री पत्नी आरजु रानाको तेस्रो मत आएको छ । कैलालीको क्षेत्र नं. ५ बाट काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार आरजु राणाले ३११ मत प्राप्त गर्नुभएको छ ।

त्यहाँ वामगठबन्धनका नारदमुनि राना ६२४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालका सुरेन्द्र यादव भने ३६० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार