समाचार बर्दघाट सुस्ता पूर्व नवलपरासीमा मतगणना गर्न ढिलाई, तारजाली लगाउनै बाँकी
Ujyaalo

दयाराम आचार्य/नवलपरासी ।

मंसिर २२ – नवलपरासीको बर्दघाट सुस्ता पूर्वको मतगणना ढिलो गरी सुरु हुने भएको छ । ३ बजेका लागि बोलाइएको सर्वदलीय बैठक केहीबेर अघि मात्रै सुरु भएको छ । बैठकमा मतगणनाका आचारसंहिता निर्माण गरिसकेपछि मात्रै मतगणना सुरु हुनेछ ।

पहाडी क्षेत्रका २७ वटा मतदान केन्द्रका मतपेटिका शुक्रबार दिउँसोसम्म संकलन गरिएको छ । तर सुरक्षाका लागि तारजाली लगाउने काम भइरहेकाले पनि मतगणना ढिला हुने भएको हो । कावासोतीमा रहेको शिव माविमा मतगणना गर्ने तयारी भइरहेको हो ।

Share It

Post Comments
थप समाचार