समाचार राजपा अध्यक्ष मण्डलका सदस्य यादव पछि परे
Ujyaalo

सिरहा, मंसिर २२ राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव पछि पर्नु भएको छ । सिराहा ४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका यादव प्रारम्भिक मतपरिणाममा दोश्रो स्थानमा हुनुहुन्छ । उहाँले ४ सय ४९ मत पाउनु भएको छ ।

यो क्षेत्रमा पूर्व कानुन मन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अजयशंकर नायक ९ सय ४२ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । नेपाल कांग्रेसका मोख्तार अहमद भने ४ सय २७ मतसहित तेश्रो स्थानमा हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार