समाचार कांग्रेस र वाम गठबन्धनबिच झडप, ३ जना घाइते
Ujyaalo

ओखलढुंगा, मंसिर ७ – नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच ओखलढुंगामा दोहोरो झडप भएको छ । झडपमा परि कांग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता घाइते भएका छन् ।

जिल्लाको चम्पादेबी गाउपाँलिका–९ बिलन्दुमा गएराति झडप हुदाँ नेपाली कांग्रेसका उत्तम कार्की र दुर्गा श्रेष्ठ घाइते भएका छन् । आफ्ना कार्यकर्ता घाइते भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेका थिए । आक्रमण एकजना कार्यकर्ता गम्भीर घाइते भएका छन् । वाम गठबन्धनले चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केशीको नेतृत्वमा आक्रमण गरेपछि प्रतिकार गरेको जनाएको छ ।

गठबनधनका नेता विनोद सुनुवारले गाउँपालिका प्रमुख नै झडपमा उत्रिएको आरोप लगाएका छन् । स्रोतका अनुसार पैसा बाँड्न हिँडेको टोलीलाई रोक्न खोज्दा झडप भएको हो । घाइते एमाले कार्यकर्ताको नाम पहिचान हुन बाँकी रहेको छ । कांग्रेस कार्यकर्ताको टाउकोमा चोट लागेको छ ।

उनीहरुको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको ओखलढुंगा कांग्रेसले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमल्सिनाले बताउनुभयो । रातको समयमा अचानक दुई समूहबिच जम्काभेट हुदाँ झडप भएको हुन सक्ने प्रहरी प्रमुख तिमिल्सिनाको भनाइ छ ।

तर नेपाली कांग्रेसले ज्यान मार्ने उद्योगले आक्रमण गरेको आरोप लाएको छ । बाम गठबन्धनले भने पैसा बाँड्दै हिँडेका कार्यकर्तालाई भेटेपछि विवाद भएको बताएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको र दोषीलाई कारबाहीको दायरामा ल्याउने ओखलढुंगा प्रहरी प्रमुख डिएसपी तिमिल्सिनाले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार