समाचार सप्तरीमा उपेन्द्र यादव १५ सय मतले अघि
Ujyaalo

सप्तरी, मंसिर २२ – प्रतिनिधिसभा अन्तर्गत सप्तरीको क्षेत्र नम्बर दुईमा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ ।

फोरमका अध्यक्ष उपेन्द्र यादवले ३ हजार ३ सय ४६ ल्याउँदै माओवादी केन्द्रका उम्मेद्वार उमेश यादवसँगको मतअन्तर १५ सय पुर्याउनुभएको हो ।

उमेश यादवले १ हजार ८ सय ४६ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेद्वार जयप्रकाश ठाकुरले १ हजार ७ सय ४७ मत ल्याएर उहाँहरुलाई पछ्याइरहनुभएको छ ।

 

 

Share It

Post Comments
थप समाचार