समाचार चुनावी कार्यक्रम नरोक्न प्रचण्डको निर्देशन
Ujyaalo

काठमाडौं, मंसिर ३ – प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रम नरोक्न निर्देशन गर्नुभएको छ । 

चुनावी सबै कार्यक्रमहरु सञ्चालन गर्न अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको माओवादी केन्द्रले जनाएको छ । प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि धेरै जिल्लाका मोओवादीका नेताहरु कार्यक्रम स्थगित गरेर काठमाडौं आएका छन् । 

प्रकाश दाहालको शव अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । पशुपतिमा दिउँसो ४ बजे उहाँको अन्त्येष्टि गरिने छ ।

Share It

Post Comments
थप समाचार