समाचार बारामा श्रम मन्त्री पछि परे
Ujyaalo

बारा, मंसिर २२ – प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार फरमुल्लाह मन्सुर पछि पर्नुभएको छ ।

वर्तमान श्रम तथा रोजगार मन्त्री मन्सुर नेकपा एमालेकाका अदयानन्द पाण्डेयसँग १ सय २१ मतले पछि पर्नुभएको हो । ८ सय ५७ मत गणना गर्दा पाण्डेयले ३ सय ८३ मत ल्याउनुभएको छ भने मन्त्री मन्सुरले २ सय ६२ मत पाउनुभएको छ ।

संघीय समाजवादी फोरम नेपालका रामबाबुकुमार यादवले १ सय ५३ मत पाउनुभएको छ ।

Share It

Post Comments
थप समाचार