समाचार पर्सामा १६ सय ४९ मत गणना गर्दा ९० मत बदर
Ujyaalo

पर्सा, मंसिर २२ – पर्सामा प्रदेशसभा अन्तर्गत २ को क मा मतगणनाका क्रममा बदर मतको सङ्ख्या धेरै देखिएको छ ।

१ हजार ६ सय ४९ मत गणना गर्दा ९० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । प्रदेशसभा अन्तर्गत पर्साको क्षेत्र नम्बर २ को क मा काँग्रेसका राजेश्वरप्रसाद साह तेलीले ५ सय ६२ प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका रामचन्द्र साह तेलीले ५ सय ११ ल्याउनुभयो भने राम नरेश यादव ४ सय ४५ प्राप्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार