समाचार ओखलढुंगामा वाम उम्मेदवार यज्ञराज मतान्तर फराकिलो पार्दै, अम्बीर जीत नजिक
Ujyaalo

ओखलढुंगा, मंसिर २२– ओखलढुंगामा वाम गठबन्धनका उम्मेदवारले कांग्रेससँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभामा यज्ञराज सुनुवारले रामहरि खतिवडालाई झण्डै दुई हजार मतले पछि पार्नु भएको छ ।

सुनुवारले २० हजार ५ सय ५६ मत ल्याउनु भएको छ भने, खतिवडाले १८ हजार ६ सय १३ मत पाउनु भएको छ ।

प्रदेशसभा क मा अम्बीर जित नजिक

प्रदेशसभातर्फको क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ जीत नजिक पुग्नु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उहाँले १७ हजार ७ सय ७५ मत पाउनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ५ मत ल्याउनु भएको छ ।

दुई हजार मत गन्न बाँकी हुँदा मतान्तर ६ हजार ७ सय ७० पुगेको छ ।

Share It

Post Comments
थप समाचार