समाचार मतदान गराउन गएको टोलीमाथि ग्रिनेट र ढुंगा प्रहार
Ujyaalo

कालिकोट, मंसिर ६ – कालिका गाउँपालिका–१ को जनता निमावि छातीमा मतदान गराउन गएको टोलीमाथि विप्लव नेतृत्वको नेकपाका कार्यक्रताले ढुंगा प्रहार गरेका छन् ।

त्यहाँको दलित बस्तीबाट उकालो चढ्दै गर्दा नेकपाका कार्यक्रताले माथिबाट ढुंगा र ग्रिनेट फालेको सहायक मतदान अधिकृत प्रकाशचन्द्र घिमिरेले बताउनुभयो । ‘ग्रिनेट पड्केन, पड्केको भए क्षेति हुने थियो’ घिमिरेले भन्नुभयो ।

उहाँका अनुसार दिउँसो २ घण्टा टोली बिचबाटोमा रोकियो । थप सुरक्षा टोली पुग्ना साथ उनीहरु भागे र मतदान गराउन गएका सबै मतदान स्थल पुगे । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारीएको प्रहरी नावय उपरीक्षक सुवासचन्द्र बोहोराले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार