समाचार कालिकोटमा एमालेका कुर्मराज शाही ७ हजार भन्दा बढी भोटले विजयी
Ujyaalo

कालिकोट, मंसिर २२ – कालिकोटको प्रदेशसभा ‘क’ मा एमालेका कुर्मराज शाही विजयी हुनुभएको छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका एमालेका शाहीले ११ हजार ९ सय ३५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज शाहीले ४ हजार ४ सय ८९ मत ल्याउनुभयो । एमालेका शाहीले कांग्रेसका टेकराजले भन्दा ७ हजार ४ सय ४६ मत बढी ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार