समाचार वडा कार्यालय अगाडि बम, सेनाले पार्‍यो निष्कृय
Ujyaalo

दोलखा, मंसिर ६ – दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित वडा कार्यालय अगाडि राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्किृय पारेको छ ।

कार्यालय अगाडि भेटिएको पाइप बम सेनाले बिहीबार दिउँसो १२ बजे निष्किृय पारेको हो । बम राखिएको हल्ला पछि झण्डै १ घण्टादेखि अवरुद्ध भएको लामो साँघु जिरी सडकखण्ड पनि सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार